विमान दुर्घटनाः ४८ शव काठमाडौँमा लगिँदै
पाेखरा | माघ ३, २०७९
पोखराः आइतबार पोखरामा भएको जहाज दुर्घटनामा परी मृत्यु भएका ४८ जनाको शव काठमाडौँ लैजाने तयारी गरिएको छ ।
पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानमा राखिएका शव काठमाडौँ लगिने भएको कास्कीका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले जानकारी दिए ।
काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा ४ चालक दल सहित ६८ यात्रु सवार थिए । आइतबार बिहान पोखराको सेती खोचमा जहाज दुर्घटना हुँदा ७० जनाको मृत्यु भएको छ भने दुर्घटना स्थलमा २ जना अझै बेपत्ता छन् ।
पहिचान भएका पोखरा र आसपासका २२ जनाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाउन थालिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

